काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्‍न पाए संकटका बेला देशको भलो हुने बताएका छन्।

उनले सामाजिक सञ्जालबाट पछिल्लो समयको राजनीतिक घटनाक्रमको आलोचना गर्दै यस्तो बताएका हुन्।

advertisement

उनले भनेका छन्,‘उसले उसलाई, उसले उसलाई,सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति र सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसक्यो, कमसेकम राष्ट्र प्रमुखको एउटा पदमा, ढोक्साको पासोभन्दा माथि, राजालाई राख्‍न पाए संकटका बेला देशको भलो हुन्थ्यो भनेको, सुन्नुपर्नेले किन सुन्थे।’

राष्ट्रपतिमा सहमति नमिलेपछि नेकपा एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाइसकेका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com