काठमाडौँ । पछिल्लो समय विवादमा रहेकी शर्मिला वाइबाले विष पिएर आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ ।

विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस्पतालमा उपचारका लागि लगिएको थियो । काठमाडौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा विष पिएको र अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

advertisement

अस्पताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र हाल आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि उनले विष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुलाएकी छैनन् ।

पछिल्लो समय वाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्बन्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै विवादमा आएकी थिइन् । उनी आफूलाई सामाजिक अभियन्ता बताउँछिन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com