काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र जिन्दावाद’ नभन्न आग्रह गरेका छन् ।

राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलन सुरु गरेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह कार्यक्रममा उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् ।

advertisement

यसअघि उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर, प्रसाईंले आफ्नो सम्बोधनका क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे । उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राखे ।

प्रसाईंले आफू राजा ज्ञानेन्द्र शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि बताए । ‘तपाईंहरूले राजतन्त्र जिन्दावाद नभन्नुस् । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो, भिड्नु पर्‍यो, हामीलाई साथ दिनु पर्‍यो,’ उनले भने, ‘राजा देखाएर रोटी साट्ने मान्छे होइन, दुर्गा प्रसाईं । राजा देखाएर सांसद बन्दिनँ ।’

एमालेले केन्द्रीय सदस्यबाट हटाएपछि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंबाट आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com