काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई माओवादी केन्द्रले विश्वासकाे मत दिने भएकाे छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासकाे मत दिने निचाेडमा माओवादी पुगेकाे हाे ।

advertisement

दिउँसाे १ बजे बस्ने प्रदेशसभाकाे बैठकमा शाहले विश्वासकाे मत लिने कार्यसूची छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासकाे मत दिने बताइसकेकाे छ ।

माओवादी र नाउपाकाे समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट प्रचण्ड बहुमत पाउने निश्चित भएकाे छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com