काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल  सिंगो देशको अभिभावक बन्न विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका हुन् ।

advertisement

सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’

बिहीबार भएको निर्वाचनमा पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com