काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उनले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको बताए ।

‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो’ उनले भने, ‘तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’

advertisement

तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीले बताए । ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उनले भने ।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com