काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहाय प्रसाद यादवलाई मत नदिने भएको छ ।

राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो।

advertisement

रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ ।

 

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com