काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको फाेटाे फेरिएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका काेठी गायब हुनेगरी एडिट गरेकाे फाेटाे राखेकाे थियाे।
उक्त फाेटाेकाे चाैतर्फी विराेधपछि नयाँ फाेटाे राखिएको हाे। अहिले राष्ट्रपति कार्यालयले दुवै गालाकाे काेठी देखिने फाेटाे राखेकाे छ।
कार्यालयले दुई दिनमा नै फाेटाे फेरेकाे हाे। कार्यालयले आफ्नाे वेबसाइटमा त्रुटि फेरिएकाे जानकारीसमेत दिएकाे छ।

- राष्ट्रपति कार्यालयको वेबसाईटमा राष्ट्रपति पौडेलको परिमार्जित तस्वीर
प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार












प्रतिक्रिया