काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो चैत ६ गते संसद्मा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्रीले आगामी ६ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका हुन् ।

advertisement

“प्रधानमन्त्रीज्यूले ६ गते संसद्मा विश्वासको मत लिनुहुनेछ । अफिसियल पत्र पनि अब संसद्मा जाँदैछ,” प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले भने, “मन्त्रिपरिषद् विस्तार त्यसपछि हुनेछ ।”

गत फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो भने फागुन  १५मा सरकारलाई साथ दिएको नेकपा (एमाले)ले पनि समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियो ।

 

प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com