काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू विजयी हुनेमा ढुक्क रहेको बताएकी छन् ।
मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दस दल एकातिर भए पनि आफू जित्नेमा ढुक्क रहेको बताइन् ।
उनले रुचिभन्दा पनि आवश्यकता परेर उम्मेदवारी दिएको बताउँदै उचो पदको उचाइ राख्नुपर्ने बताइन् ।
उनले राष्ट्रपति पुरुष भइसक्दा उपराष्ट्रपति पनि पुरुष उम्मेदवार बनाएकोमा आपत्ति जनाइन् ।
‘सबै मिलेर संविधान बनायौँ । गणतन्त्र स्वीकार्यौँ । संविधानको भावना कुन्ल्चिने व्यवहार भयो चिन्ता लाग्यो ’, उनले भनिन्, ‘पुरुष उम्मेदवारले फिर्ता लिनुपर्थ्यो, फिर्ता भएन ।
प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार













प्रतिक्रिया