काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीको उम्मेदवारलाई भोट दिने भएको छ।

शुक्रबार बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय भएको एक सांसदले बताए।

advertisement

एक सांसदका अनुसार रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो।

नयाँ उपराष्ट्रपति पदका लागि मतदान भइरहेको छ।

नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो।

दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।

उपराष्ट्रपतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार बनेका छन्।

 

प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com