काठमाडौँ । पिपल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुको प्यानलनै विजयी भएको छ। स्ववियु सभापतिमा अनेरास्ववियुका रन्जीत भण्डारीको प्यानल नै विजयी भएको हो।

सभापतिमा निर्वाचित भण्डारीले २९९ मत प्राप्त गरे। प्रतिस्पर्धी नेविसंघका उम्मेदवार प्रदिप जंग शाहले २१५ मत ल्याए।

advertisement

यस्तै, सचिवमा अनेरास्ववियुका फुर्वा छिरिङ शेर्पा ३३७ मतका साथ विजयी भए । प्रतिद्वन्द्वी दुर्गाराज लामाले २७८ मत ल्याए।

यसैगरी, कोषाध्यक्षमा नवीन न्यौपानेले ३५२ मत ल्याएर विजयी भए। प्रत्यक्ष तर्फ सदस्यहरूमा सर्वज्ञा रिमाल ३५८, सरद रेग्मी ३४८, अमन प्रसाद चौधरी ३४६, आयुश कुमार शाह ३४२ र प्रशिस पौडेल ३३९ मत ल्याएर विजयी भए।

प्रकाशित मिति: ५ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com