काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘गठबन्धन विरोधी’ भन्दै हप्काएका छन्।

देउवाले संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा थापालाई हप्काउँदै बोल्न वञ्चित गरेका हुन्।

advertisement

बोल्नका लागि थापाले माइक लिएर सभापतिसँग अनुमति माग्दा पनि उनले बोल्न दिएनन् । देउवाले भने, ‘गठबन्धन विरोधी दुवै महामन्त्रीले बोल्नु पर्दैन।’

चुनावअघि थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए।

 

प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com