काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने भएको छ।

मङ्गलवार बसेको सचिवालय बैठकले गठबन्धन दलभित्र आफूहरूले पाएको मन्त्रालय सङ्ख्याको आधारमा निर्णय गर्ने भएको हो।

advertisement

सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुङ्गो लगाएपछि पार्टीले निष्कर्ष निकाल्ने बताए। खनालले गठबन्धनभित्र भागबन्डाको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाए।

उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा लक्ष्यमा सरकारमा जाने ? सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ ।’

नेकपा एसका नेताहरूले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा दाबी गर्ने बताएका छन्।

 

प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com