काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने कस्तो दिन आएको भन्दै प्रश्न गरेका छन्। उनले जनताको मुख थुन्नु भन्दा माग पुरा गराउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित बानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन।

advertisement

गणतन्त्र र सङ्घीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै उनले प्रश्न गरेका छन् ।

उनले ट्वीटरमार्फत भनेका छन्, ‘‘हामीले गणतन्त्र ल्यायौँ, सङ्घीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड । हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’’

प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com