बुटवल । नेकपा एमालेका नेता विष्णु पौडेलले नेपालमा राजश्व सङ्कलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् ।

advertisement

उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन । २०२४/२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व सङ्कलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र सङ्कटपूर्ण रहेको बताउँदै अब सबै मिलेर समाधान खोज्नुपर्ने बताए ।

उनले मुलुकको सङ्कटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरू सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई सङ्कट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने बताए ।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com