बिराटनगर । कोशी प्रदेश नामाकरण संशोधनको माग गर्दै विराटनगरमा प्रदर्शन भइरहेको छ ।

ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्।

advertisement

प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत गरेका छन्। प्रहरीविरुद्ध ढुङ्गा मुढा हुन थालेपछि १२ राउण्ड हवाई फायर भएको छ। प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ।

उक्त आन्दोलनमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका दुई जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ३१ राउण्ड अश्रुग्यास र १५ राउण्ड हवाईफायर गरेको छ ।

उनीहरूले कोशी प्रदेश मान्दैनौँ, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औँला काट र पहिचानवादी एक हौँ लगायतका नारा घन्काइरहेका छन्।

प्रदर्शन स्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

 

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com