काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले मिटरव्याज पीडितहरुका लागि पठाएको एक ट्रक राहत सामग्री आन्दोलनको अगुवाइ गरिरहेका अभियन्ताले फिर्ता गरेका छन् । राजसंस्था फर्काउन हिँडेका व्यक्तिको सहयोग नलिने भन्दै राहत सामग्री अस्वीकार गरिएको हो ।

पैदल हिँडाएर काठमाडौं ल्याइएका पीडितहरुलाई हिजो खुलामञ्च अगाडिको सडकमै सुताइएको थियो । उनीरुका लागि प्रसाईंले आज बिहान एक ट्रक खाद्यान्न पठाएकोमा आफूहरुले लिन अस्वीकार गरेको अभियन्ता कुमार बर्तौलाले बताए ।

advertisement

उनले भने, ‘हामीले यस आन्दोलनलाई मिटरव्याज पीडितको संघर्ष भनेर भनिरहेका छौं । पीडितहरुले मधेसका सामन्तहरुले आफूहरुलाई लुटेको भनिरहेका छन् । तर, प्रसाईं राजतन्त्र फर्काउने भनेर हिँडिरहेका छन् । त्यो भएकाले हामीले लिन्नौं भन्यौं ।’

बिहान प्रसाईंका सहयोगी एक ट्रक खाद्यान्न लिएर पीडित बसेकै ठाउँमा पुगेका थिए । उनीहरुले क्यामेरासमेत लिएर आएको बर्तौलाले बताए ।

प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com