पोखरा । नेपाली काँग्रेसले नेता गोविन्द भट्टराईको नाम टुङ्गो लगाएसँगै काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँमा तरङ्ग ल्याएको छ ।

गोविन्द र वाग्लेको चर्चाबिच एमालेलाई पनि उम्मेदवार टुङ्ग्याउन दबाब परेको छ । तनहुँ–२ मा काँग्रेसका शङ्कर भण्डारीसँग पराजित भएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफू उपचुनावमा नउठ्ने बताएका छन् ।

advertisement

गुरुङ पछि हटेसँगै एमालेबाट पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको चर्चा सुरु भएको छ । स्थायी कमिटी सदस्य गुरुङले पनि खनालको सम्भावना रहेको बताए ।

सर्वेचन्द्रले बिहीबार तनहुँ पुगेर क्षेत्रीय समन्वय कमिटीमा आवेदन पेस गरेका छन् ।

 

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com