काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू काँग्रेसमा नफर्किने बताएका छन्।

शनिबार रास्वपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफूहरू काँग्रेसमा नफर्किने बताएका छन्। वाग्लेलाई रास्वपाले तनहुँ १ मा उपनिर्वाचनका लागि टिकट दिएको छ।

advertisement

चुनाव हार्नुभयो भने काँग्रेसमा फर्किनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘रास्वपाको सदस्यका रूपमा रहेको छु। मेरो पछाडि फर्किने बानी छैन। म फेरि काँग्रेस फर्किन्न। गण्डकीको पानी खाएर हुर्केको हुँ। तनहुँका जनताले न्याय गर्छन् भन्ने लाग्छ।’

 

प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com