काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता ‘अरु कसैले’ सञ्चालन गरिरहेको दाबी गरेका छन् ।

महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । महराले भने, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’

advertisement

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । उनले भने, ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो विडम्बना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो ।’

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।

महराले भने,‘अझै पनि प्रतिगामीहरू टाउको उठाउन खोज्दै छन्, यसलाई निस्तेज गर्नुपर्छ ।’

 

प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com