काठमाडौँ । चितवनका स्थानीय एवं पूर्व कांग्रेस नेता जगन्नाथ पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

पौडेलले चितवन-२ मा हुने उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

advertisement

उनले भने, ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। यसका लागि स्वतन्त्र पार्टीहरूको समूह भए मात्रै देशले निकास पाउँछ ।’

चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

रवि चितवन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com