काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।

advertisement

पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए।

‘हामीले अडिओ सुन्यौं। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने काम गर्छ,’ उनले भने, ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ।’

श्रेष्ठले भने आफूलाई पार्टीले निलम्बन गरेकोबारे जानकारी नभएको बताएका छन्।

उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।

 

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com