काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँको डिल गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अस्वीकार गरेका छन् । सार्वजनिक भएको अडियोमा सुनिएको स्वर आफ्नो नभएकोसमेत उनको जिकिर छ।

अडियो सार्वजनिक भएसँगै पार्टीभित्र हंगामा उत्पन्न भएपछि श्रेष्ठले अनौपचारिक रुपमा आफ्नो स्पष्टीकरण दिएका हुन् । पार्टीको म्यासेञ्जर ग्रुपमा सन्देश लेख्दै उनले आफू निर्दोष भएको बताएका छन् ।

advertisement

‘म दुर्गा प्रसाईंलाई चिन्दिनँ, कहिल्यै उहाँसँग पैसा मागेको छैन’, श्रेष्ठले भनेका छन् । आफूले मन्त्री बन्ने कुनै प्रयाससमेत नगरेको श्रेष्ठको भनाइ छ । उनले पार्टीबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

श्रेष्ठले अस्वीकार गरे पनि अडियोमा सुनिएको आवाज श्रेष्ठसँग एकदमै मिल्दोजुल्दो रहेको नेताहरु बताउँछन् ।

‘यदि कसैले दुरुस्तै क्यारिकेचर गरेको भए बेग्लै कुरा, नत्र हामीले सुन्दा उहाँकै जस्तो लाग्छ’, एक केन्द्रीय सदस्यले भने ।

यो अडियोका विषयमा श्रेष्ठसँग प्रत्यक्ष सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन रिसिभ भएन । व्यवसायी प्रसाईंसँग पनि सम्पर्क हुन सकेन । उनी अहिले वीरगञ्जमा छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com