काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन गर्ने कुरामा सहमति जनाएका थिए ।

त्यसको एक वर्षमा मस्कले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले कम्पनीको नामबाट ‘डब्लू’’ अक्षर हटाएर कम्पनीको नयाँ नाम टिटर (Titter) राखेको बताएका छन् ।

advertisement

अमेरिकाको सानफ्रान्सिस्को स्थित ट्वीटरको मुख्य कार्यालयमा रहेको साइनबोर्डमा कम्पनीको नाम परिवर्तन भएको छ । ट्वीटर शब्दबाट ‘डब्लू’ (W) अक्षर हटाएर कम्पनीको नाम टिटर राखेको मस्कको भनाइ छ ।

ट्वीटरको मुख्यालयमा भएको बोर्डमा ‘डब्लू’ मेटिएको देखेपछि सामाजिक सञ्जालमा धेरैले उक्त फोटो फोटोशप गरिएको आशंका गरेका थिए । सोमबार मस्कले एक ट्वीट गर्दै कम्पनीको नामबाट ‘डब्लू’ मेटाइएको पुस्टि गरेका हुन् ।

“सानफ्रान्सिस्को स्थित ट्वीटरको कार्यालयका घरभेटी भन्छन् कि हामीले कानूनी रूपमा हाम्रो साइन ट्वीटर राख्नुपर्छ र, ‘डब्लु’ हटाउन सक्दैनौं,” मस्कले ट्वीट गर्दै लेखेका छन्, “हामीले ट्वीटरमा भएको डब्लुलाई  ब्याकग्राउन्ड कलरले पेन्ट गरिदियौं । समस्या समाधान ।”

उक्त ट्वीटको रिप्लाइमा मस्कले लेखेका छन्, “उनीहरूले हाम्रो टिटर खलबल्याउन खोजिरहेका छन् ।”

गत अक्टोबरमा ४४ अर्ब डलर तिर्दै मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गरेका थिए । त्यसपछि विभिन्न परीक्षण गरिरहेका मस्कले केही दिनअघि अस्थायी रूपमा कम्पनीको लोगो नै परिवर्तन गरेका थिए ।

लोगो परिवर्तन गरेर डजक्वाइन राखेको चार दिनमै मस्कले पुरानो लोगो कायम गरेका थिए । त्यसको दुई दिनपछि मस्कले पुनः कम्पनीको नाम परिवर्तन गरेका छन्

 

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com