काठमाडौँ । सरकारले सिंहदरवार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन साहसँग आवश्यक छलफल गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन साहले सिंहदरवार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।

advertisement

सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर साहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् । मेयर बालेन शाहले शनिबार सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।

 

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com