काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन्

सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला ।’

advertisement

रविले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था बिहानको भन्दा सुधारिएको भन्ने जानकारी पाएको उल्लेख गरेका छन् ।

सोमबार बिहान चितवनस्थित रविको घरमा सुतिरहेका उनका ड्राइभर सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा अढाई तलाको घरको छतबाट भुइँमा खसेका थिए । दुर्घटना, आत्महत्या प्रयास वा हत्या प्रयास के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com