काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

लोकतान्त्रिक-वाम गठबन्धनले आज चितवनमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

advertisement

गठबन्धनलाई हार्ने छुट नभएको भन्दै देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने सम्मको आश्वासन दिए । ‘तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो।’ भनेर दाबीसमेत गरेका छन् ।

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे।

 

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com