काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानले आफ्नो पार्टीले कुनै पनि ठाउँमा कसैसँग चुनावी तालमेल नगरेको प्रष्ट पारेका छन्।
उनले ठूला पार्टीका केही नेताहरूले फेक न्युजको कारखाना चलाए पनि भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन्।
‘रास्वपाले उपनिर्वाचनमा कसैसँग चुनावी तालमेल गरेको छैन । ठूला पार्टीका ठूला नेताज्यू, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्’, रविले भनेका छन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै रविले उनकै शब्दमा ‘चुनावी प्रतिस्पर्धाबाट अताल्लिएका कायरहरू’ले फेक न्युजको कारखाना चलाएको आरोप पनि लगाएका छन् ।
‘कायरहरूले चुनावबाट प्रतिस्पर्धा गर्न नसकेर फेक न्युजका कारखाना चलाएका छन्। यसको हिसाब जनताले दिनेछन्’, रविले आक्राेशित हुँदै भनेका छन्।
प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार












प्रतिक्रिया