काठमाडौं । आइतबार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले मतगणना नसकिँदै पराजय स्वीकार गरेका छन्।

उक्त क्षेत्रमा अब करिब २० हजार मत गणना हुँन बाँकी रहेको छ। तर ४३ हजार मतगणना हुँदा उनीभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्ले १० हजार मतान्तरले अघि रहेका छन्।

advertisement

उनले पराजय स्वीकार गर्दै नताको विश्वासयोग्य बन्न कोशिस जारी राख्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन्।

आफूले पदलाई कहिल्यै प्राथमिकतामा नराखेकाले पदमा नहुँदा पनि जनताको सेवामा खटिरहने बताएका छन्। उनले भनेका छन्, ‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरेF। साथै, मप्रति विश्वास नगर्नु हुनेप्रति पनि आभार प्रकट गर्दछु।’

उनले जनताप्रतिको विश्वास पूरा गर्न आफूले आफूलाई अब्बल प्रमाणित गर्न नसकेको भन्दै विश्वास योग्य बनाउन अझ कोशिस गर्ने बताएका छन्। उनले भनेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com