काठमाडौं । राजा ज्ञानेन्द्र शाहको सचिवालयले युवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने बताएको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार राजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए।

advertisement

बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरणविरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढासमेत भएको थियो।

हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो। त्यसैको हवाला दिँदै ओलीले छोरा-बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए।

‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

राजा ज्ञानेन्द्रको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्‍याएको छ।

राजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीका नाममा फेसबुक र ट्विटरमा विभिन्न फेक अकाउन्टहरू सक्रिय छन्।

 

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com