काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन्।

विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए।

advertisement

‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,’लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए।’

‘उनको तस्बिर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यास्पद शृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । बिरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस्।’

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन्।

सोही अनुसार उनको अनुपस्थिति अनुमोदनका लागि प्रस्तुत भएपछि रास्वपा सभापति लामिछानेले विरोध गरेका हुन्।

 

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com