काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा नेपालको प्रतितिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

नेपाल सरकारले सदाशयता र कुटनीतिक सुझबुझ राख्ने हो भने चार्ल्सको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पूर्वराजा ज्ञानेन्द्रलाई अनुरोध गर्नु राष्ट्रहितको पक्षमा हुने उनको भनाइ छ।
तर, सरकारले उक्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउँदै छ । साउद आज लण्डन प्रस्तान गर्दै छन् ।

advertisement

लण्डनमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुने छन् ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com