काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन्।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए।

advertisement

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’

एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन्। एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएकोबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं। यो अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्। उनले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने बताएका छन्। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ ओलीले भने, ‘दोषीलाई फसाउन खोजियो भने हामी सहन्नौं‌।’

 

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com