काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडकाले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्।

advertisement

उनले भनेका छन्, ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

नेपाली सेनाले ६ अर्ब बराबरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेको छ । सेनाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपिसी, ७२ वटा टयाक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

 

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com