काठमाडौं । नक्कली भुटानी शरर्णार्थी प्रकरणमा रायमाझी फरार रहेको अवस्थामा काठमाडौं प्रहरी परिसरको मुद्धा शाखाको टोली मंगलबार रायमाझीको घरमा पुगेको थियो । केही दिनअघि पनि प्रहरीको टोलीले रायमाझीको घरमा खानतलासी गरेको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले अनुसन्धानका क्रममा प्रहरी टोली रायमाझिको घरमा पुगेको हुन सक्ने बताए । ‘यो अनुसन्धानको विषय भयो। कुनै कामले प्रहरी टोली पुग्यो होला’ एसएसपी कार्कीले भने ।

advertisement

स्रोतका अनुसार प्रहरीले घरमा मुद्दासँग सम्बन्धित कुनै डकुमेन्ट फेला पार्न सकेन। रायमाझीका छोरा सन्दीप भने अहिले प्रहरी हिरासतमा रहेका छन् ।

अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका रायमाझी पक्राउ पुर्जीको सुचना पाएपछि सोही दिन साँझ सम्पर्कविहिन भएका थिए । भोलिपल्ट प्रहरीलाई नै खबर गरेर रायमाझीले आफु दिउँसो सम्पर्कमा आउने बताएका थिए ।

भैरहवाबाट काठमाडौं आएको रायमाझीको निजी गाडीलाई काठमाडौं प्रहरी परिसरको टोलीले धादिङमा भेटेपनि त्यसमा उनी थिएनन् । चालक मात्र गाडीमा रहेको पाइएपछि प्रहरीले ‘चक्मा’ खाएको थियो ।

यतिबेला रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीसमेत खटिएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्लामा सर्कुलर पनि जारी गरेको छ।

 

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com