काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीले कानुनलाई सघाउनुपर्ने बताएका छन् ।

मङ्गलवार पार्टीको सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन् । गल्ती गरेको कारबाही रायमाझीले भोग्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

advertisement

‘उहाँले आफैँ फेस गर्नुपर्छ । गल्ती हो भने कारबाही भोग्नुपर्छ । गल्ती नभए कानुनलाई सघाएर सफाइ लिनुपर्छ । एउटाको गल्तीले सिङ्गो पार्टी बदनाम हुन हुँदैन । एमाले कानुन मान्ने पार्टी हो,’ उनले बैठकमा भनेका छन् ।

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com