काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा प्रहरीले बुधवार बिहानैदेखि रेकी गरिरहेको थियो। चाबहिलस्थित मैजुबहालको घरमा खाँण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीलाई खबर गरे । डा.केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाँणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । खाँण पत्नी मञ्जुसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’

advertisement

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com