काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

advertisement

केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ।

‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उनले दिएको उजुरीमा उल्लेख छ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com