काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन ।

प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए ।

advertisement

त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ । उनको मोबाइलमा खाणसँगका संवादहरु भेटिएको प्रहरी स्रोत बताउँछ । त्यसमा लेनदेनका कुराहरु पनि गरिएको स्रोतको दाबी छ ।

सचिव पाण्डेले पनि आफ्नो बयानमा यो कुरा स्वीकारेका छन् । खाणले भने आफूमाथिको आरोप स्वीकार गरेका छैनन् ।

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com