काठमाडौं । राजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ।

राजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो।

advertisement

राजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्।

राजा ज्ञानेन्द्र वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।

केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो।

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com