काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ। बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारी पनि सहभागी हुनेछन्। पार्टीका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो। यसअघि बुधबार बसेको पदाधिकारी बैठकमा पनि खाणका बारेमा प्रारम्भिक छलफल भएको थियो।

advertisement

बुधबारको बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए।

बिहीबारको बैठकले खाणलाई निलम्बन गर्नसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com