काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने दाबी गरेका छन् ।
ओलीले आगामी जेठ चार गतेसम्म शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका हुन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफूले तथ्यहरू खोजिरहेको र जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने दाबी गरे।
‘सम्भवतः म ४ गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोसिस गर्छु’, ओलीको भनाइ छ ।
प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार












प्रतिक्रिया