काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् ।

सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् ।

advertisement

आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’

उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’

तर आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको ओलीले बताए । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुनें प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’

टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीले बताए ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com