काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने पार्टीलाई कुनै जानकारी नभएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेता गुरुङलाई टोपबहादुर रायमाझी कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा गुरुङले सम्पर्कमा नआएकैले उनलाई कारवाही गरिएको बताए । उनले भने, ‘गन्ध आउँदैन कसरी थाहा पाउनु ?’

advertisement

‘जुन दिनदेखि उहाँ सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई मात्रै होइन प्रहरीलाई पनि थाहा भएको भए समातेर ल्याउँथ्यो होला’, गुरुङले भने, ‘अस्ति सचिवालयको बैठकले नै विधि र कानुनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानबिन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेर भनेको हो त्यसैले हाम्रो विश्वास र आशा छ निलम्बन फुकुवा गर्न पाइयोस् ।’

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com