काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर, देउवाको सचिवालयले भने आरजु काठमाडौंमै रहेको बतायो ।

सचिवालयका अनुसार आरजु हिजो अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी थिइन् । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरिन् । त्यसैगरी हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन्।

advertisement

कार्यक्रममा सहभागितापछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
‘उहाँ हिजै हेटौंडाबाट गाडीमा फर्किनुभएको हो । अहिले काठमाडौंमा नै हुनुहुन्छ,’ देउवाले भने ।

एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com