काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

advertisement

भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com