काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन्।

पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको उनको आरोप छ । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले दु:खेसो पोखेका छन्।

advertisement

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,”दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज हर्क साम्पाङ मुर्दावाद”को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! धन्यवाद उहाँहरुलाई जस्ले घन्टौं मेहेनत गरेर आगो निभाई पाइप बचाउनुभयो।

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com