काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रवार पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

advertisement

नक्कली भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा उनको पनि संलग्नता देखिएको छ ।

उक्त प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

 

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com