खोटाङ । कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ ।

आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

advertisement

यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए ।  राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो ।  राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com